बलिउड अभिनेत्री दीपिका पादुकोणले एक बर्षमा कती कमाई गर्छिन् होला ? हालै मात्र फोब्स म्यागेजिनले सार्वजनिक गरेको सूचीमा दीपिका विश्वकै १० अभिनेत्रीको सूचीको १० औ स्थानमा परेकी छिन् । उनको बार्षिक आम्दानी १ करोड डलर रहेको फोब्सले जनाएको छ । deepika padukone

यो सूचीमा पर्ने दीपिका एक मात्र बलिउड अभिनेत्री हुन् । हलिउडमा चर्चा कमाएपनि अभिनेत्री प्रियंका चोपडा यो सूचीमा परेकी छैनन् । दीपिकाले फिल्म, विज्ञापन र विभिन्न कार्यक्रमबाट यती रकम कमाएको फोब्सको भनाई छ ।

फोब्स सूचीको पहिलो स्थानमा हलिउड अभिनेत्री जेनिफर लोरेन्स छिन् । जसको यो बर्षको कमाई ४ करोड डलर रहेको फोब्सले उल्लेख गरेको छ ।

For More videos Log on to Mazzako TV