सलमानका कारण भारतीय भन्न लाज लागेको मोडलको आरोप
‘वीग वोस ६’मा सहभागी मोडल सपना भवनानीले बलिउड अभिनेता सलमान खानका बिषयमा केही आपत्तीजनक टिप्पणी गरेकी छिन् । उनले सलमानलाई बाँदर भनेकी छिन् । हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा सपनाले सलमानले मानिसलाई गलत तरिकाले प्रयोग गर्ने गरेको गम्भिर आरोप समेत लगाएकी छिन् ।
आफ्नो पुस्तक च्याप्टर वनको बिषयमा कुरा गर्दै सपनाले भनेकी छिन्–‘सलमान मानिसलाई गलत तरिकाले प्रयोग गर्छन् । खासगरि मेरो किताबमा म उनलाई कुनै महत्व दिन्न ।’ उनले ‘वीग बोस ६’को बिषयमा भनिन्–‘यसमा सहभागी हुँदा मेरा लागि निकै खराब अनुभव छ । त्यो खराव शोमा एउटा उपद्रो मच्चाउने होस्ट थियो । जसले मानिसको वेइज्जती गर्दथ्यो । शोका सहभागी सलमानको पूजा गर्थे कारण उनको झुर फिल्ममा काम मिलोस् ।’ सलमान सबै फिल्ममा बाँदरको जसरी नाच्ने गरेको सपनाको आरोप छ ।
सलमानले दिएको बलात्कारको बिषयको बयानमा सपनाले भनिन्–‘यो बयानले अन्तरराष्ट्रिय प्लेटफर्ममा भारतीय मानिसको वेइज्जत गर्छ । जब यस्ता खालका बयान आउँछन् त मलाई भारतीय भएकोमा लाज लाग्छ ।’ उनले आफूलाई सलमानको विरुद्धमा नबोल्न धेरै मानिसले भन्ने गरेको बताइन् । तर, कसैले आफ्नो आवाज दबाउन नसक्ने उनको चेतावनी छ ।
For More videos Log on to Mazzako TV