बलिउडमा अभिनेता सलमान खानसँग कुनै न कुनै कलाकारको समय समयमा लफडा चलिनै रहन्छ । फिल्म ‘सुल्तान’को एक गीतमा गायक अरिजित सिंहसँग सलमानको लफडा चलेको थियो । salman and arjit sing fight

यसपछि यो फिल्ममा समावेश ‘जग घुमे’ बोलको गीत गाउनका लागि अरजितको ठाउँमा राहत फतेह अलीलाई दिएका थिए । अरिजितले बारम्बार सलमानसँग माफी पनि मागेका थिए । अब, अरिजितको करिअरमा ठूलै धक्का लाग्यो भन्नेहरु पनि थिए ।

तर, अब अरिजितले फेरि एउटा खुशीको खबर सुनाएका छन् । उनका अनुसार उनले अब सलमानको नयाँ फिल्म ‘ट्यूबलाइट’मा सलमानका लागि एक सोलो गीत गाउने भएका छन् । अरिजितले भारतीय मिडियासँग कुरा गर्दै यो कुराको पुष्टी गरेका हुन् । योसँगै सलमान र अरिजितको लफडा पनि सकिएको छ ।

For More videos Log on to Mazzako TV