प्रेमको गसिपका कारण मिडियासँग भागिरहेकी बलिउड अभिनेत्री कट्रिना कैफलाई अहिले भने हाइ सन्चो भएको छ । कैफ अहिले करिअरमा फोकस गरेर अगाडि बढिरहेकी छिन् ।

katrina kaif hotकैफको अभिनय रहेको फिल्म ‘बार बार देखो’मा समावेश ‘काला चश्मा’ बोलको गीतको भिडियो रिलिज भएपछि उनको फिगरको खुबै चर्चा छ । यो फिल्ममा कट्रिनाको शरीरलाई लिएर चर्चा पनि खुबै भैरहेको छ । तर, यो फिल्मका लागि कैफले ७ केजी तौल घटाएकी थिइन् । उनले यो फिल्ममा खुबै मिहिनेत गरेको उनका नजिकका साथी बताउँछन् ।

फिल्ममा समावेश ‘सो आसमान’ बोलको गीतमा कैफ स्विमसुटमा देखिएकी छिन् । उनको फिगरले यूवाहरुको होस उडाएको छ । असफल फिल्म र प्रेमका कारण केही पछाडि देखिएकी कैफ फेरि बलिउडमा आफ्नो स्थान उच्च बनाउन लागिपरेकी छिन् ।

For More videos Log on to Mazzako TV