फिल्म ‘सुल्तान’मा समावेश ‘जग घुमेया’ बोलको गीतमा आफ्नो आवाज समावेश नभएपछि अभिनेता सलमान खानसँग विवादमा मुछिएका गायक तथा संगीतकार अरिजित सिंहले अब यो बिबादमा नपर्ने बताएका छन् । उनले आफू अब अगाडि बढ्न चाहेको र चाडै नै एक रियालिटी शो होस्ट गर्न लागेको बताएका छन् । salman and arjit sing fight

उनले भनेका छन्–‘यदि मेरो गायकी करिअर सही चलेन भने म म्यूजिकको निर्माता बन्नेछु । मलाई संगीतमा नयाँ चुनौती फेस गर्न मन लाग्छ । अब म चाडै नै एक रियालिटी शोमा निर्णायक बन्दैछु । मेरो यो यात्रामा म खुशी छु ।’ उनले आफू अभिनेता सलमान खानको प्रशंसक भएको बताए ।

साथै उनले आफूले सलमानसँग माफी पनि मागी सकेको बताएका छन् । यो बाहेक आफूले अरु के नै गर्न सक्छु र भन्दै उनले प्रश्न गरेका छन् ? आफूले सलमानको फिल्ममा गीत नगाउँदा यसले ठूलो दुरी कायम नगर्ने उनको भनाई छ । उनले सलमान आफूसँग दुखित हुनुलाई सामान्य पनि भनेका छन् । उनले आफूले सलमानको अपमान नगरेको पनि बताए । उनले अगाडि भने–‘तर, यसको मतलब यो हुँदैन कि, म हरेक पल्ट जाउँ र माफी मागुँ ।’

For More videos Log on to Mazzako TV