bir-bikram-premier-band-baja

मल्टीस्टारर फिल्म ‘वीर विक्रम’ को बुधबार भव्य प्रियिमर गरिएको छ । कमलपोखरीको कुमारी हलमा आयोजना गरिएको मिलन चाम्स निर्देशित फिल्मको प्रिमियर शोमा रातो कार्पेट बिछ्याइएको थियो भने ब्यान्ड बाजा घन्काइएको थियो ।

dayahang-rai-diya-pun

साँझ साढे पाँच बजेदेखि नै ‘वीर विक्रम’ को प्रियिमर शोमा चहलपहल सुरु भएको थियो । फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्स, लेखक याम थापा सहित कलाकारहरु दयाहाङ राई, अर्पण थापा, दिया पुन, अनुपविक्रम शाही, नाजिर हुसेन, शिशिर राणा, कोरियोग्राफर रेनेशा वान्तवा राई प्रिमियर शोमा उपस्थित थिए ।

dayahang-diya-milan-yam

यस्तै अभिनेता भुवन केसी, धिरेन शाक्य, सुशिल क्षेत्री, आर्यन सिग्देल, पल शाह लगायत ‘वीर विक्रम’ शोम पाहुना बन्दा नायिकाहरु कृति भट्टराई, ऋचा शर्मा, रिमा विश्वकर्मा, वेनिशा हमालले ग्ल्याम्वर पस्किए । रामबाबु गुरुङ, दिनेश राउत, बबी सिंह लगायत निर्देशकहरु पनि ‘वीर विक्रम’ प्रिमियर शोमा सहभागी थिए ।

dayahang-diya-najir

प्रिमियर शोमा सहभागी अधिकांशले ‘वीर विक्रम’ लाई सकारात्मक प्रतिक्रिया दिए । फिल्म सकिएपछि प्रिमियर शोमा सहभागीहरु ताली पिट्दै हलबाट बाहिरिएका थिए । प्रिमियरमा पाएको प्रतिक्रियाले आफ्नो सम्पूर्ण टिम उत्साहित भएको निर्माता तथा निर्देशक चाम्सले बताए ।

anoop-bikram-najir

यस्तै फिल्म ‘वीर विक्रम’ भदौ २ देखि नै प्रदर्शनमा आउने भएको छ । भदौ ३ देखि प्रदर्शनमा आउने भनी प्रचर गरिएपनि यो फिल्म जनैपूर्णिमाको अवसर पारेर बिहिबारदेखि नै प्रदर्शनमा आउने भएको हो । उत्सब रसाईली र उद्धव रसाईलीले ‘वीर विक्रम’ प्रिमियरमा खिचेका केही तस्बिरहरुलाई नियाल्नुस् :

reema-arpan

richa-sharma-najir-husen

bhuban-kc-aryan-sigdel-dhiren-shakya

aayub-kc-skrisha-chaulaguin

utsav-rasaili-babu-surace-dc-rohit-adhikari

rensa-rai

sampada-baniya

pal-shah

For More videos Log on to Mazzako TV