सलमानको फिल्ममा भिलेन बन्न चाहिनन् काजोल
अहिले बलिउडका सुपरस्टार अभिनेता सलमान खानको फिल्ममा काम गर्न नमान्ने अभिनेत्रीहरुको सूची लामो बन्न थालेको छ । अभिनेत्री दीपिका पादुकोणले सलमानसँग फिल्ममा काम गर्न नमानेको खबर सार्वजनिक भैरहेको छ ।
उनले सलमान अभिनित ७ वटा फिल्ममा काम गर्न नमानेको खबर मिडियामा आइरहेको छ । अक, अर्की एक अभिनेत्रीले पनि सलमानको फिल्ममा काम गर्न नमानेको खबर आएको छ ।
सलमान खानले अभिनय गर्ने फिल्म ‘दबंग ३’का लागि अभिनेत्री काजोललाई अफर गरिएको थियो । फिल्मका निर्देशक अरवाज खानले काजोललाई फिल्ममा भिलेनको भूमिकाका लागि अफर गरेका थिए । तर, काजोलले यो फिल्ममा काम नगर्ने बताएकी छिन् । काजोल फिल्ममा सशक्त भूमिका चाहन्छिन् । उनले सहायक भूमिकामा काम नगर्ने जवाफ दिएकी छिन् ।
For More videos Log on to Mazzako TV