बिहे नगरी आमा बन्ने नरगिसको चाहना
बलिउड अभिनेत्री नरगिस फक्रीलाई अहिले नै बिहे गर्न मन छैन । बलिउडमा करिअर अगाडि बढाइरहेकी यी हट यूवतीले बच्चाको चाहनाका लागि बिहे नै गर्न आवश्यक नपर्ने बताएकी छिन् । एक पत्रिकालाई दिएको कुराकानीमा उनले जब आफूलाई बच्चा चाहिन्छ, एडप्ट गरेर लिने बताएकी छिन् ।
नरगिस प्रेमी उदय चोपडासँग ब्रेकअप भएपछि अमेरिकातर्फ लागेकी थिइन् । उनी अमेरिका हिडेपछि धेरैले उनले बलिउड छाडेको टिप्पणी पनि गरेका थिए । तर, नरगिस अहिले बलिउड फर्किसकेकी छिन् ।
नरगिसका अनुसार यो दुनियाँमा मातापिता नभएका धेरै बच्चा छन् । तीनै बच्चालाई उनी एडप्ट गरेर आमा बन्न चाहन्छिन् । नरगिसका अनुसार उनी यस्तो घर बनाउन चाहन्छिन्, जसमा २० जना बच्चा राखेर हेरविचार गर्न सकियोस् ।
For More videos Log on to Mazzako TV