‘जुड्वा २’ मा वरुणको डबल रोल, जान्नुहोस् कहिलेबाट सुरु हुनेछ छायांकन ?
जतिबेला अभिनेता सलमान खानको डबल भूमिका रहेको फिल्म ‘जुडवा’ प्रदर्शनमा आएको थियो, त्यतीबेला अभिनेता बरुण धवन १० बर्षका थिए । सन् १९९७ मा प्रदर्शनमा आएको यो फिल्मले व्यापार पनि राम्रो गरेको थियो । अभिनेता वरुण धवन अब यो फिल्म रिलिज भएको २० बर्षपछि यसमा काम गर्दैछन् । फिल्ममा वरुण डबल भूमिकामा देखिदैछन् ।
फिल्मको छायांकनको बारेमा बरुणले भने–‘आउँदो बर्षको जनवरीबाट यो फिल्म खिचिनेछ ।’ फिल्मलाई वरुणका पिता डेविड धवनले निर्देशन गर्दैछन् । जसले डबल भूमिकाको फिल्म बनाउनमा चर्चा पाएका छन् ।
यो फिल्मको कथा लेख्ने काम भैरहेको छ । जसलाई वरुणले आफै हेरि पनि रहेका छन् । बलिउडमा अहिले वरुण धवन सफल अभिनेताको रुपमा परिचित छन ।
For More videos Log on to Mazzako TV