सलमानका पिता भन्छन्-‘छोराको बिहेको बारेमा भगवानलाई पनि थाहा छैन’
बलिउडमा सधै नै एउटा प्रश्न खडा हुन्छ । बलिउडका चर्चित अविवाहित अभिनेता सलमान खान बिहे कहिले गर्छन् भन्ने प्रश्नले मिडियालाई घेरेको हुन्छ ।
सलमान अहिले प्रेमिका लुलिया वन्तुरसँग प्रेममा डुबिरहेका छन् । तर, पनि सलमानको बिहे कहिले हुन्छ कसैले भन्न सकेका छैनन् । सलमान आफूले नोभेम्बर महिनामा बिहे गर्ने बताउँछन् । तर कुन बर्षको नोभेम्बर भन्ने उनलाई पनि थाहा छैन ।
सलमानका पिता सलिम खान पनि यो प्रश्नले हैरान भएछन् । उनले ट्विटरमा प्रश्नकर्तालाई भनेका छन्-‘मलाई जे प्रश्न गर्दा पनि हुन्छ । तर, सलमानको बिहे कहिले हुन्छ भनेर नसोध्नु । किनकी यो त भगवानलाई पनि थाहा छैन ।’
For More videos Log on to Mazzako TV