‘रुस्तम’ कमाइमा पनि अब्बल, ऋतिकको स्टारडम फिक्का
अभिनेता अक्षय कुमारको मुख्य भूमिका रहेको फिल्म ‘रुस्तम’ले २ दिनमै ३० करोडको आँकडा पार गरेको छ । भारतमा यसले शुक्रबार १४.११ करोड कमाएको थियो भने शनिबार १६.४३ करोडको कमाई गर्यो । आइतबार र सोमबारको सार्वजनिक बिदाले यो फिल्मको व्यापार ६५ करोड माथि हुने अनुमान गरिएको छ ।
अक्षय कुमारको अर्को फिल्मले पनि यो बर्ष १ सय करोडको आँकडा पार गरेको खण्डमा यसले अर्को रेकर्ड बनाउनेछ । शुक्रबारबाटै प्रदर्शनमा आएको ऋतिक रोशन अभिनित फिल्म ‘मोहेन्जो दारो’को कमाई ‘रुस्तम’को अगाडि फिक्का देखिएको छ ।
शुक्रबार यो फिल्मले २६ सय हलबाट जम्मा ८.८७ करोडको कारोबार गर्यो । शनिबार पनि फिल्मको व्यापार करिब १० करोडको हारहारीमा रहेको देखिन्छ । यसरी हेर्दा, यो फिल्म असफल हुने आँकलन सुरु भैसकेको छ । २ बर्षपछि ऋतिक पर्दामा आएका थिए, तर उनको स्टारडम २२ हलमा चलेको अक्षय कुमारको फिल्म अगाडि फिक्का परेको छ ।
For More videos Log on to Mazzako TV