बलिउडमा जुन कलाकार चल्छन्, उनीहरुको पछि पछि पैसा दौडन्छ । करोडौ रुपैयाँसँग बलिउडका कलाकार दैनिकजसो खेल्ने गर्छन् ।
अहिले अभिनेता अक्षय कुमारको हकमा पनि यस्तै भएको छ । अक्षयका हरेक फिल्मले बक्स अफिसमा धमाका मच्चाइरहेका छन् ।
akshya kumar
अक्षय अहिले फिल्म ‘जोली एलएलबी २’मा काम गरिरहेका छन् । यो फिल्मको छायांकन अहिले भैरहेको छ । मिडियाको दाबीलाई मान्ने हो भने यो फिल्मका लागि अक्षयलाई दैनिक १ करोड पारिश्रमिक मिल्ने गरेको छ ।

अक्षयले हरेक दिन बिहान १० बजेबाट राती ८ बजेसम्म काम गर्ने गरेका छन् । आइतबार उनले काम गर्दैनन् ।

For More videos Log on to Mazzako TV