अभिनेता साहरुख खानलाई हिरासतमा लिएर सोधपुछ गरिएको बिषयमा भारतका लागि अमेरिकी राजदुत रिचर्ड वर्माले माफी मागेका छन् ।
बलिउडका सुपरस्टार अभिनेतालाई शुक्रबार बिहान अमेरिकाको लस एन्जल्स विमानस्थलको अध्यागनम विभागले हिरासतमा लिएको थियो । केही समयको सोधपुछ पछि उनलाई छाडिएको थियो ।srk in airport

साहरुखले हेरक देशको सुरक्षा जाँचलाई आफूले सम्मान गर्ने बताएका थिए । तर, बारम्बार अमेरिकाको अध्यागमन विभागको शैलीले आफूलाई हैरान बनाएको बताएका थिए । साहरुखले अध्यागमन विभागको हिरासतमा आफूले पोकेम्यान खेलेको समेत लेखेका छन् ।

साहरुखले ट्विट गरेर हैरानी व्यक्त गरेपछि भारतका लागि अमेरिकी राजदुत रिचर्डले ट्विटरमा लेखेका छन्-‘हैरानीका लागि माफी चाहन्छु । अब यस्तो दिकदारी नहोस् भनेर हामीले काम गरिरहेका छौ । तपाइको कामले अमेरिकी जनतासँगै करोडौ मानिसलाई प्रेरणा दिएको छ ।’

साहरुखलाई सन् २००९ र सन् २०१२ मा अमेरिकी अध्यागमन विभागमा यसरी नै सोधपुछका लागि हिरासतमा लिइएको थियो । करिब ३ घन्टासम्म हिरासतमा राखेर साहरुखलाई छाडिएको थियो ।

For More videos Log on to Mazzako TV