एमीले छाडिन् अर्जुन र श्रद्धाको ‘हाफ गलफ्रेन्ड’
बलिउड अभिनेत्री एमी ज्याक्सनको एक निर्णयले अहिले सिंगो बी टाउन नै तरंगित भएको छ । एमीले फिल्म ‘हाफ गलफ्रेन्ड’ छाडेकी छिन् । यो फिल्ममा अर्जुन कपुर र श्रद्धा कपुर मुख्य भूमिकामा छन् ।
एमीको भूमिका दोश्रो भागमा विशेष थियो । तर, एमीले यो फिल्म नगर्ने भएकी हुन् । एमीका अनुसार उनले एक व्रिटिस फिल्मका लागि डेट दिएकाले पनि यो फिल्म छाड्नु पर्ने भएको हो ।
उनले अभिनेता अर्जुन कपुरसँग आफूले भविष्यमा काम गर्ने पनि बताइन् । एमी चाडै नै फिल्म ‘फिक्री अली’मा देखिदैछिन् । जसलाई सलमान खान प्रोडक्शनले निर्माण गरेको हो ।
For More videos Log on to Mazzako TV