अभिनेत्री अनुष्का शर्मा र उनका प्रेमी विराट कोहलीको बिषयमा थुप्रै समाचार बन्छन् । अनुष्का विराटसँगको प्रेमको बिषयमा खासै बोल्न चाहन्नन् । तर, मिडिया र दर्शक यी दुइको प्रेमको गसिपमै रमाइरहेका छन् ।
birat and anuska
एक पत्रिकालाई दिएको अन्र्तवार्तामा अनुष्काले आफू व्यक्तिगत बिषयमा खासै बोल्न नचाहने बताइन् । उनले मिडियामा आफूहरुको प्रेमको बिषयमा मात्र गसिप बन्ने गरेको भन्दै आपत्ती जनाइन् । उनले भनिन्-‘हामी भेटेको, मिलेको समाचार बन्छ । अब, प्रेममा रहेपछि भेटुन्, डेट जानु कुनै नौलो कुरा हो र ? यस्तो बिषयलाई किन ठूलो बनाइन्छ ?’

अनुष्काले आफूले मिडियासँग कुराकानी गर्दा व्यवसायिक कुरा गरेतापनि हेडलाइन व्यक्तिगत बिषयमा नै बन्ने गरेको भन्दै आक्रोश पोखिन् ।

For More videos Log on to Mazzako TV