बिहे अगाडि ‘नो सेक्स’: सलमान खान
यदि, बलिउडमा कुनै अभिनेताको नाम सबैभन्दा बढी यूवतीसाग जोडिएको छ भने, ती सलमान खान नै हुन् । सलमान खानको प्रेम चर्चा बलिउडका लागि सधै नै मसलाको बिषय बन्दै आएको छ । बलिउडका चर्चित सुन्दरीदेखि फिल्म क्षेत्र बाहिरका यूवती सलमानका प्रेमिका भैसकेका छन् । ५० बर्षको उमेरसम्म सलमानले बिहे पनि गरेका छैनन् ।
तर, शारीरिक सम्बन्धका बिषयमा सलमानले समय-समयमा दिने बयानले उनलाई चर्चा र बिबादमा ल्याइदिएको हुन्छ । एक टक शोमा आफू ‘भर्जिन’ रहेको बताएर सलमानले चर्चा पाएका थिए । ट्विटरमा उनको मजाक बनाइएको थियो ।
अब उनै सलमानले आफू बिहे अगाडिको सेक्सको पक्षमा नरहेको बताएका छन् । भाई सोहिल खानको निर्देशनमा बनेको फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा सलमानले आफ्नो जीवनमा बिहे र सेक्स दुबै नभएको टिप्पणी गरे ।
के बलिउडका ५० बर्षका यी अभिनेता बिहे अगाडि नो सेक्सकै पक्षमा हुन् त ? के उनको बोली र गराई फरक छ ?
For More videos Log on to Mazzako TV