एक लिडिङ भारतीय पत्रिकाको खबरलाई मान्ने हो भने, यशराज ब्यानरले अभिनेता सलमान खानलाई धोका दिएको छ । सलमान खान अभिनित फिल्म ‘सुल्तान’ ३ सय करोड कमाउने दौडमा छ । तर, यशराज ब्यानरले भने सलमानलाई यो भन्दा केही कम रकम कलेक्शन भएको डाटा देखाइरहेको छ । यसको मुख्य कारण नाफाको हिस्सा हो ।
salman khan in sultan
सलमानले यशराज ब्यानरसँग यदि फिल्मले ३ सय करोड माथिको व्यापार गरेको खण्डमा फिल्मको नाफा रकमको राम्रै हिस्सा मागेका थिए । यस बिषयमा यशराज ब्यानरका प्रमुख आदित्य चोपडा पनि सहमत थिए । तर, अहिले फिल्मले ३ सयको आँकडा छुदै गर्दा उनले सलमानलाई धोका दिन लागेको पत्रिकाको दाबी छ ।

अहिले बलिउडका खानहरु फिल्ममा पारिश्रमिक भन्दा पनि मुनाफाको हिस्सा लिने गर्छन् । सलमानसँग यशराजको मुनाफाको ८०-२० प्रतिशत शेयरिङको संझौता भएको थियो । तर, ३ सय करोड माथिको कारोबार भएको खण्डमा यो प्रतिशत बढ्ने सहमती थियो ।
तर, यशराजले फिल्मको व्यापार कम देखाएर मुनाफा शेयर गर्न नखोजेको देखिएको छ ।

For More videos Log on to Mazzako TV