प्रेमको बारेमा कुरा गर्न डराउँछिन् आलिया
बलिउड अभिनेत्री आलिया भट्ट र उनका प्रेमी सिद्धार्थ मल्होत्राको चर्चा सधै नै हुन्छ । आलिया र सिद्धार्थको प्रेम चर्चाले मिडियामा राम्रै स्थान पनि पाएका छन् । तर, आलियालाई यस्ता कुरा समाजमा फैलदा आफूमाथि नकारात्मक नजरले हेरिन्छ कि भन्ने डर छ ।
आलियाका अनुसार भारतीय समाज अझै पनि यस बिषयमा खुलेको छैन । उनले प्रेम र रिलेशनसिपका बिषयमा आफूलाई कुरा गर्न मन लागेपनि आलोचनाको शिकार भइन्छ कि भन्ने डर भएको बताइन् ।
आलियाले हलिउड गायिका टेलर स्विफ्टको उदाहरण दिदै भनिन्-‘उनी जसरी डेटमा जान्छिन्, त्यही अनुसार भारतमा गर्ने हो भने अपराध जस्तै हुन्थ्यो । भारतमा उनलाई आफ्नो रुचीका कारण बेइज्जती सहनु पथ्र्यो ।’
अझै पनि एक यूवतीले मेरो प्रेमी छ भनेर भन्नु भारतमा ठूलो कुरा हुने गरेको आलियाको भनाई छ । यसैले पनि आलिया आफ्नो प्रेमको खबर मिडियामा आओस् भन्ने चाहदिनन् ।
For More videos Log on to Mazzako TV