ऋतिकलाई पर राख्दै बलिउडकर्मीको अक्षयलाई साथ
बलिउडमा अहिले अभिनेता अक्षय कुमारको फिल्मको प्रचारमा बलिउडकर्मी नै उत्रिएका छन् । अभिनेता सलमान खानले अक्षय अभिति फिल्म हेर्न उनका फ्यानलाई आग्रह गरिसकेका छन् । अगष्ट १२ बाट अक्षय अभिनित फिल्म ‘रुस्तम’ रिलिज हुँदैछ ।
सलमानपछि अहिले अभिनेता रणवीर सिंह र अभिनेत्री सोनाक्षी सिन्हा पनि अक्षयको फिल्मको प्रचारमा उत्रिएका छन् । जसलाई अक्षयले आफ्नो फेसबुकबाट शेयर गरिरहेका छन् । यही मितिमा अभिनेता ऋतिक रोशन अभिनित फिल्म ‘मोहेन्जे दारो’ पनि रिलिज हुँदैछ । तर, यो फिल्मलाई कुनै पनि बलिउडकर्मीले यसरी खुलेर साथ दिएको पाइएको छैन ।
आखिर, एउटै मितिमा रिलिज हुन लागेका २ फिल्ममध्ये एउटालाई काखा र अर्कोलाई पाखा किन गर्दैछन् बलिउडकर्मी ?
For More videos Log on to Mazzako TV