पर्खाल नाघेर अमिताभको घर पसे फ्यान
बलिउड अभिनेता अमिताभ बच्चनका फ्यान कस्ता समेत छन् भन्ने कुरा वुझ्न उनीहरुले देखाउने विभिन्न खालका क्रियाकलापलाई हेर्दा हुन्छ । हालै मात्र एक जना फ्यान अमिताभ बच्चनको घर भित्र प्रवेश गरेका छन् ।

अमिताभको घरको सुरक्षाका लागि लगाइएको पर्खाल नै नाघेर उनी जलसामा प्रवेश गरेका थिए । सो समयमा अमिताभ घरमै थिए । विहारमा बस्ने २५ बर्षका वुलट वनवारी पर्खाल नाघेर घरमा प्रवेश गरेका हुन् ।
आइतबार दिउँसो १ देखि २ बजेको बीचमा उनी वीग बीको घर पसेका हुन् । वनवारी गायक हुन्, जसले अमिताभलाई आफ्नो गीत सुनाउन चाहन्थे । उनलाई जुहु प्रहरीले गिरफ्तार गरेर जमानतमा छाडेको छ ।
For More videos Log on to Mazzako TV







