यतिबेला बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको घर राम्रोसँग चलिरहेको छैन । यसको मुख्य कारण हो, ऐश्वर्याको चुम्बन । करण जोहर निर्देशित फिल्म ‘ए दिल हे मुश्किल’ मा ऐश्वर्याले हट दृश्य दिएको चर्चा छ । जस काकारण बच्चन परिवार उनीसँग खुशी छैन ।

aishwarya-rai

ऐश्वर्याको यस्तो दृश्यले बच्चन परिवारको मर्यादामा आँच आउने वुझाई उनीहरुको छ । परिवारमा यस्तो अवस्था आएपछि ऐश्वर्याले निर्देशक जोहरलाई दृश्य हटाउन आग्रह गरेकी थिइन् । सुरुवातमा करणले यो कुरा मानेनन् । तर, पछि बच्चन परिवारकै इज्जतको कुरा आएपछि उनले दृश्य हटाएको चर्चा छ । रनवीर कपुर, ऐश्वर्या राय र अनुष्का शर्मा अभिनित यो फिल्म दिवालीमा रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV