बलिउड छाडेको बिषयमा नगरिसको यस्तो जवाफ
फिल्म ‘हाउसफूल ३ र अजहर’को प्रमोशनमा समेत नदेखिएपछि बलिउड अभिनेत्री नगरिस फक्रीले फिल्म दुनियाँ छाडेको खबर सार्वजनिक भैरहेको छ । नगरिसले बलिउड छाडेर अमेरिकामा नै बसोबास गर्ने सोच बनाएको चर्चा मिडियामा फैलिएको छ ।
विशेषगरि, अभिनेता उदय चोपडासँग ब्रेकअप भएपछि नगरिसले बलिउड छाड्ने चर्चा आएको थियो । उदयसँग नगरिस बिहे गर्ने सोचमा थिइन् । तर, एक्कासी प्रेम टुटेपछि उनी बलिउडमा काम नै नगर्ने सोचका साथ अमेरिका हानिएको चर्चा थियो ।
तर, यी सबै हल्लालाई विश्राम लगाउँदै नगरिसले आफ्नो इन्स्ट्राग्राममा एक फिल्मको फस्टलुक राखेकी छिन् । उनले लेखेकी छिन्-‘अमेरिकामा मेरा सबै कामहरु सकेर चाडै नै बान्जो नामक फिल्मको प्रमोशनमा व्यस्त हुनेछु ।’
नागरिसको यो जवाफसाग उनले बलिउड छाडेको भन्ने हल्ला हल्लामै सिमित भएको छ ।
For More videos Log on to Mazzako TV