दीपिकाले गर्भवती छैन भनेपछि रिसाइन् करिना
आखिर त्यस्तो के भयो होला, अभिनेत्री दीपिका पादुकोणको एक भनाइले अर्की अभिनेत्री करिना कपुरलाई साह्रै नै रिस उठेछ । दीपिकाले केही दिन अगाडि मिडियामा भनेकी थिइन्-‘म गर्भवती पनि छैन ।
मेरो इन्गेजमेन्ट पनि भएको छैन र म अहिले नै बिहे गर्दिन ।’ दीपिकाको यो बयानले करिनाको मनमा ठेस लागेको छ, जो अहिले गर्भवती छिन् । दीपिकाले बिहे गर्दिन, इन्गेजमेन्ट भएको छैन भन्नु त स्वभाविक नै हो ।
तर, उनले आफू गर्भवती नभएको भनेर किन भनिन् भन्ने प्रश्न करिनाको छ ? किनकी, दीपिका गर्भवती छिन् भन्ने कुरा कतै पनि सार्वजनिक भएको छैन ।
केही दिन अगाडि करिनाले आफू गर्भवती भएको तर नमरेको भन्दै मिडियासामु आक्रोश पोखेकी थिइन् । कतै, दीपिकाले यही कुरामाथि ब्यङ्ग्य कस्दै आफू गर्भवती नभएको स्पष्टिकरण त दिएकी होइनन् ।
For More videos Log on to Mazzako TV