बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनका लागि सुरक्षा बढाइयो । यसको प्रमुख कारण बन्यो, एयरपोर्टमा हुने भीडभाड । केही दिन अगाडि ऐश्वर्याकी आमा एयरपोर्टमा फोटो खिच्न हतारिएका फोटोपत्रकारसँग ठोक्किइन् र लडिन् । ऐश्वर्याकी छोरी आराध्या पनि एयरपोर्टमा यसरी नै लडेकी थिइन् । यसलाई मध्यनजर राख्दै उनको बडिगार्डको संख्या ४ बाट ८ पुर्‍याइएको थियो ।
aiswarya rai in airport with daughter
ऐश्वर्याका पति अभिषेक बच्चन आफूहरुको निजी जिन्दगी सकिएको बताउँछन् । जहाँ पुगेपनि मिडिया, फोटोपत्रकार हुने भएकाले निजी जिन्दगी सकिएको उनको भनाई छ ।

तर, विमानस्थलबाट कतै जाँदा होस् या कतैबाट आउादा नै किन नहोस्, मिडियालाई खबर कसले गर्छ ? मिडियाको चर्चामा रहिरहन चाहने कलाकारहरु उनीहरुको पीआरलाई नै मिडिया बोलाउन लगाउँछन् । पीआरले कलाकारको चाहना बमोजीम सार्वजनिक स्थानमा उनीहरुको उपस्थिती हुँदा मिडियालाई खबर गरेका हुन्छन् ।

For More videos Log on to Mazzako TV