बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज एक कमेडी शोमा आफ्नो फिल्म प्रमोशनका लागि जान डराएकी छिन् । भारतका चर्चित कमेडीयन कृष्ण र भारतीले संचालन गर्दै आएको ‘कमेडी नाइट्स बचाओ’मा जानका लागि ज्याकलिन डराएकी हुन् । शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘ढिस्यूम’को प्रमोशनका लागि ज्याकलिनलाई यो शोबाट निम्तो आएको थियो ।
barun jacline and john
ज्याकलिन यसअघि फिल्म ‘हाउसफूल ३’को प्रमोशनका लागि यो शोमा पुगेकी थिइन् । उनको वुझाइमा यो शोमा कमेडी भन्दा पनि धेरै वेइज्जती बढी गरिन्छ । उनले आफ्नो अघिल्लो अनुभव निकै डरलाग्दो भएको बताइन् ।

यसैले पनि यो शोमा आफ्नो फिल्मको प्रमोशनका लागि जान डराएकी हुन् । फिल्ममा २ कलाकार बरुण धवन र जोन अब्राहिम पनि यो शोमा जानका लागि डराएका छन् ।

For More videos Log on to Mazzako TV