कालो हरिणको शिकार गरेको आरोपमा विगत १७ बर्षदेखि मुद्दा खेपिरहेका बलिउड अभिनेता सलमान खान अब भने यो केसबाट मुक्त भएका छन् । सलमानले राजस्थानको हाइकोर्टले यो मुद्दाबाट मुक्त भएको फैसला सुनाएको हो । २ वटा हरिण शिकारको फरक–फरक आरोपलाई लिएर सलमानमाथि मुद्दा चलिरहेको थियो ।

Indian Bollywood actor Salman Khan (2R) celebrates and wishes his fans Ramzan Eid Mubarak at his residence in Mumbai on July 18, 2015.  AFP PHOTO        (Photo credit should read STR/AFP/Getty Images)

सलमानको पक्षमा दुबै फैसला आएको छ । तर, उनले यस बिषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । सलमान मुद्दाबाट मुक्त भएको खबरमा भारतीय गायक अभिजितले आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन् । उनले ‘सलमान खान को हो आफूले नचिन्ने’ भन्दै आक्रोशपूर्ण प्रतिक्रिया दिएका हुन् । गायक अभिजित विवादस्पद बयानका कारण सधै आलोचनाको शिकार बन्ने गरेका छन् ।

For More videos Log on to Mazzako TV