प्रेमिकाका लागि सलमानको पार्टी
बलिउडमा अहिले एक प्रेम जोडी चर्चामा छ । ५० बर्षका अविवाहित अभिनेता सलमान खान केही महिनादेखि रोमानियाकी मोडल लुलिया वन्तुरसँग प्रेममा छन् । सलमान र लुलियाले प्रेमको बारेमा स्विकार नगरेपनि एकसाथ हिड्न भने छाड्दैनन् ।
लुलिया आजबाट ३६ बर्षमा प्रवेश गरेकी छिन् । लुलियाको जन्मदिनलाई भव्य बनाउन सलमानले कुनै कसर बाँकी राखेनन् । सलमानले लुलियाको जन्मदिनको अवसर पारेर एक पार्टीको आयोजना गरेका छन् । जहाँ उनका परिवारका सदस्य र नजिकका साथीलाई मात्र बोलाएका छन् ।
सलमान र लुलिया नोभेम्बर १८ मा बिहे गर्दैछन् भन्ने चर्चा बलिउडमा चलेको केही समय भयो । सलमानले नै नोभेम्बर १८ मा आफूले बिहे गर्ने बताउँदै आएका छन् । सलमानले लुलियाको जन्मदिन आयोजना गरेर दुइको सम्बन्धलाई अझ प्रष्ट्याउने कोशिश गरेका छन् ।
For More videos Log on to Mazzako TV