बलिउड अभिनेता रणवीर सिंह अहिले प्रेमिका दीपिका पादुकोणसँगको प्रेम र बिहेको बारेमा सुन्न नै चाहँदैनन् । रणवीर र दीपिकाले प्रेम स्विकार नगरेपनि यी दुइको डेटिङ र केयरले यसलाई स्पष्ट पार्न जरुरी छैन ।rabir and depika
हालै मात्र एक कार्यक्रममा पुगेका रणवीरलाई पत्रकारले दीपिकासँगको बिषयमा प्रश्न गरे । यो प्रश्नले रणवीर केही भड्किए । उनले भने-‘तपाइहरुसँग अरु कुनै प्रश्न नै छैन कि के हो ? राम्रो प्रश्न किन सोध्नुहुन्न ? तपाइहरु नै तय गर्नुहोस् राम्रो प्रश्न के हो ?’

रणवीरले आफू जुन कार्यक्रममा पुगेको छु, त्यसैको बिषयमा मात्र प्रश्न गर्न आग्रह गरे । दीपिकासँग रणवीरले इन्गेजमेन्ट गरेको खबर बजारमा आइरहेको थियो । केही दिन अगाडि मात्र दीपिकाले आफूले इन्गेजमेन्ट नगरेको र अहिले नै त्यसको सोच नभएको बताएकी थिइन् ।

For More videos Log on to Mazzako TV