सलमान भन्छन्–१८ नोभेम्बरमा बिहे गर्छु’
बलिउड ब्याचलर अभिनेता सलमान खानलाई लिएर मिडियामा खुबै गसिप बन्छ । सलमानले कहिले बिहे गर्छन् भन्ने खबरले पनि बलिउड तात्छ । सलमानको नाम आजसम्म दर्जनौ महिलासँग जोडिएको छ । सलमानको संगीता बिजलानी, ऐश्वर्या राय, कट्रिना कैफसँगको प्रेम सर्वाधिक चर्चामा थियो ।
सलमान हाल रोमानियाकी मोडल लुलिया वन्तुरको प्रेममा छन् । लुलियासँग सलमानको बिहे डिसेम्बरमा हुँदैछ भन्ने चर्चा मिडियामा आउन थालेको पनि आधा बर्ष भयो ।
सानिया मिर्जाको पुस्तक विमोचन समारोहमा उपस्थित भएका अभिनेता सलमानलाई संचारकर्मीले बिहेकै प्रश्न गरे । यस बिषयमा खुलेरै कुरा गरेका सलमानले भने–‘मलाई परिवारबाट खुबै प्रेसर आएको छ । म नोभेम्बर १८ मा बिहे गर्छु । तर, कुन बर्षको थाहा छैन ।’
आफ्नी आमा र बहिनी बिहे गराउनका लागि पिछा नै परेको सलमानले बताए । सलमानले आफ्नो बिहे हुने बताए ।
For More videos Log on to Mazzako TV