मलाइका लागि ‘खान’ चाहियो, तर हटाउन चाहन्छिन् ‘मिसेस’
बलिउडकी आइटम गल मलाइका अरोरा खान र उनका पति अरवाज खान अलग हुन लागेको खबर मिडियामा लामो समयदेखि आइरहेको छ । यी दुइविच प्याचअप भएका खबर पनि नआएका होइनन् । तर, यी दुइको सम्बन्ध चाडै नै टुट्ने पक्का जस्तै देखिएको छ ।
तर, सम्बन्ध टुटेपनि मलाइका आफ्नो ‘खान’ थर हटाउन चाहन्नन् । उनले अहिले ‘मिसेस मलाइका अरोरा खान’ लेख्दै आएकी छिन् । तर, मलाइकाले आफ्नो इन्स्ट्राग्राममा हालै ‘डियर मिस अरोरा खान’ लेखेकी छिन् ।
मलाइको यो लेखाइले पनि उनी खान थर हटाउन चाहन्न्, तर सिंगल बस्न चाहन्छिन् भन्ने प्रष्ट हुन्छ । अरवाज र मलाइकाले आफूहरु अलग हुन लागेको खबरलाई स्विकार पनि गरिसकेका छन् । तर, अरवाजकी आमाका कारण यी दुइविच फेरि प्याचअप भएको खबर पनि आएको थियो ।
For More videos Log on to Mazzako TV