मिडियाले नकारात्मक खबर फैलाएको भन्दै आक्रोशित करिना
आफू गर्भवती भएको खबरलाई मिडियाले नकारात्मक रुपमा फैलाएको भन्दै बलिउड अभिनेत्री करिना कपुर आक्रोशित भएकी छिन् । लण्डनमा करिनाले बच्चाको लिङ्ग परिक्षण गराएको भन्दै खबर फैलिरहेको छ । जसकाकारण उनको गर्भवतीको खबर अहिले हाइलाइटमा आएको छ ।
करिनाले आफू गर्भवती भएको तर मिडियाले यसलाई राष्ट्रिय बिषय बनाइदिएको भन्दै आक्रोश पोखिन् । एक पत्रकारले जब उनलाई गर्भवती हुँदा किन आराम नगरेर काम गरिरहेको भनेर प्रश्न गरे, उनी आक्रोशमा आइन् । उनले आफूले किन काम नगर्ने भन्दै भनिन्–‘म गर्भवती भएकी हुँ, मरेकी हैन ।’
२१ औ सेन्चुरीमा पनि मिडियाले गर्भवतीको खबरलाई १८ औ सेन्चुरीको जसरी प्रचार गरेको भन्दै उनी रिसाएकी हुन् । करिनाले डिसेम्बरमा बच्चालाई जन्म दिदैछिन् ।
For More videos Log on to Mazzako TV