सलमान खानको जीवन कसैले वुझ्दैन
बलिउड अभिनेता सलमान खानलाई लाग्छ, उनको जीवन उनी बाहेक अरु कसैले पनि वुझ्न सक्दैन । यसैले उनले आफ्नो जीवनको बारेमा बायोपिक बन्न नसक्ने बताएका छन् । भारतमा चर्चित मानिसहरुको जीवनमा बायोपिक बनिरहेको छ ।
सलमान खान अभिनित फिल्म ‘सुल्तान’ले बक्स अफिसमा राम्रो व्यापार गरेपछि उनी मिडियाको सामु आएका हुन् । सलमानले मिडियाले लेखेका कुराहरुले आफूलाई कहिलेकाही पीडा हुने पनि बताए । सलमानले आफूले बेला बेलामा गल्ती गर्दा आफ्नी आमाले माफी दिने गरेको पनि खुलाए ।
यसैले उनले अरुले के भन्छन् भन्ने बिषयमा चासो नराख्ने मिडियासाग बताएका हुन् । जीवनमा लामो समयसम्म अदालतको प्रक्रियाबाट गुजि्रएका अभिनेता खान अहिले केही राहतको महुशश गरिरहेका छन् ।