‘समर लभ’ खेल्ने हिरो र हिरोइनलाई ‘साया’ बोनस
सुविन भट्टराईको चर्चित कृति ‘समर लभ’ माथि फिल्म बन्दैछ । मुस्कान ढकाललाई निर्देशनको जिम्मा दिएर विकास आचार्यले यो चर्चित कृति माथि फिल्म निर्माण गर्ने भएका हुन् । कथाका दुई मुख्य दुई पात्र अतित भेट्टीएपनि सायाको भने खोजी भैरहेको छ । तर, निर्माण पक्षले अतितलाई सार्वजनिक गरेको छौं ।
जे होस्, ‘समर लभ’ खेल्ने हिरो र हिरोइनलाई एउटा फाइदा भने पक्कै हुनेछ । यो नव जोडीले अर्को फिल्म ‘साया’ वोनसको रुपमा प्राप्त गर्नेछन् । ‘समर लभ’ पछि निस्किएको ‘साया’ माथि पनि फिल्म बनाउने निर्देशक ढकालले बताएका छन् ।
एक भेटमा निर्देशक ढकालले भने, ‘समर लभ पछि साया बन्नेछ । दुवै फिल्ममा एकै हिरो र हिरोइन रहनेछन् ।’ ‘समर लभ’ को सम्पूर्ण छायाँकन अष्ट्रेलियामा हुनेछ । असोज १ देखि छायाँकन थाल्ने निर्माण पक्षको योजना छ ।
For More videos Log on to Mazzako TV