जुलाई २२ तारिखमा रिलिज हुने भनिएको हिन्दी फिल्म ‘ग्रेट ग्रान्ड मस्ती’ जुलाई १५ मै रिलिज भयो । यसको मुख्य कारण थियो फिल्मको पाइरेसी । फिल्म रिलिज हुनुभन्दा अगाडि नै इन्टरनेमा आएपछि यसले बक्स अफिसमा पनि खासै व्यापार गरेन । शुक्रबार र शनिबारको व्यापारले फिल्म पूर्ण रुपम असफल भएको देखिएको छ ।
urbashi rataula
फिल्मका निर्माताले मुम्बइमा पत्रकार सम्मेलनको आयोजना गरे । पत्रकार सम्मेलनमा फिल्मका मुख्य कलाकारको आँखाबाट आशु झ¥यो । कलाकारहरुले पाइरेसीका कारण फिल्म असफल भएको भन्दै सरकारलाई नियन्त्रणका लागि आग्रह गरे ।

फिल्मका मुख्य कलाकार अप्ताब, विवेक ओवरायले आफ्नो नैराश्यता रोक्न सकेनन् । फिल्मकी मुख्य कलाकार उर्वशी रतौत बोल्दा बोल्दै भक्कानिइन् । उनले फिल्मका लागि आफूले मिहिनेत गरेको र पाइरेसीका कारण बक्स अफिसमा असफल भएको बताइन् । दर्शकबाट आफ्नो अभिनयलाई लिएर सकारात्मक प्रतिक्रिया मिलेपनि फिल्म नचल्दा आफू रुने र हाँस्ने अवस्थामा पुगेको उनले बताइन् ।

फिल्मका निर्देशक इन्द्र कुमार, निर्मात्री एकता कपुरले पनि पाइरेसी नियन्त्रणका लागि सरकारसँग आग्रह गरे ।

For More videos Log on to Mazzako TV