धुर्मुसलाई सघाउन गिरान्चौर पुगिन् रेखा (फोटो फिचर)
भूकम्पबाट प्रभावित सिन्धुपाल्चोकको गिरान्चौर बस्ती निर्माणमा धुर्मुस सुन्तलीलाई एक लाख दिएर हौसला प्रदान गरेकी नायिका रेखा थापा शनिबार उनीहरुले निर्माण गर्दै गरेको उत्त बस्ती पुगेकी छिन् । रेखाले भाई धुर्मुसलाई केही बेर काममा समेत सघाइन् ।
बन्दै गरेको बस्ती नियाल्न पुगेकी रेखा दिदीलाई साउने झरीमा रुझ्दै काम गरिरहेका धुर्मुसले माला लगाइदिएर स्वागत गरे भने आफुले लगाएको खादा पहिर्याइदिएर रेखाले धुर्मुसलाई स्यावासी दिइन् । आखिर किन पुगिन् त धुर्मुस सुन्तलीले निर्माण गर्दै गरेको बस्तीमा रेखा ? उनले भनिन्, ‘मेरो भाईलाई केही समय पनि सघाउँ भनेर आएको हुँ । काम कसरी भैरहेको छ भनेर हेर्न मन पनि थियो ।’
यता सिताराम कट्टेल उर्फ धुर्मसले दिदी रेखाको उपस्थिति सिङ्गो फिल्म क्षेत्रको उपस्थिति रहेको बताउँदै खुसी व्यत्त गरे । उनले भने, ‘सेलिव्रेटीमा रेखा दिदीले नै सुरुमा हामीलाई आर्थिक सहयोग गर्नु भएको थियो । सबै सहयोगी दाताहरुपति हामी आभारी छौं ।’
तीन ब्लक गरी निर्माण हुँदै गरेको ‘धुर्मुस सुन्तली नमुना बस्ती’ दशैंसम्म निर्माण सम्पन्न हुनेछ । पाँच करोड अनुमानित निर्माण लागत लगभग संकलन भैसकेको छ । तस्बिरहरु : कमल प्रसाईं