अनुष्कालाई मन परेन सलमानको ‘रेप’ कमेन्ट
बलिउड अभिनेत्री अनुष्का शर्मालाई अभिनेता सलमान खानले केही दिन अगाडि दिएको एक बयान कत्ती पनि मन परेन । फिल्म ‘सुल्तान’मा सलमानसँगै काम गरेकी अनुष्काले यस बिषयमा तिखो कमेन्ट गरेकी छिन् ।

सलमानले फिल्म ‘सुल्तान’को रेसलिङको दृश्य सुटिङ गरेपछि आफूलाई बलात्कृत महिलाको जस्तै गाह्रो हुने प्रतिक्रिया दिएका थिए । सलमानको यो प्रतिक्रियाले अहिले पनि भारतमा हंगामा नै मच्चाइरहेको छ ।
अनुष्काले सलमानको यो बयानलाई ‘असंवेदनशिल’ भनेकी छिन् । उनले सलमानबाट आफूले यस्तो खालको भनाइको अपेक्षा नगरेको पनि बताएकी छिन् ।
अनुष्काले आफूले यो कुरा पहिलो पटक सुन्दा पत्यार नै नलागेको भन्दै माफी माग्ने वा नमाग्ने बिषय सलमान नै थाहा भएको बताइन् । साथमा उनले कलाकारले कुनै पनि बिषयमा बोल्दा ध्यान दिन जरुरी रहेको प्रतिक्रिया दिएकी छिन् ।
उनले अभिनेता खानसँग आफ्नो व्यवसायिक सम्बन्ध मात्र रहेको भन्दै उनलाई व्यक्तिगत रुपमा नचिनेको पनि बताइन् ।
For More videos Log on to Mazzako TV







