दीपिकासँगको बिहेको बिषयमा यसो भन्छन् रणवीर
बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिषयमा मिडियामा गसिप आइनै रहन्छ । दीपिका र रणवीर प्रेममा छन् भन्ने कुरा त अब नयाँ रहेन । तर, अहिले मिडियामा दीपिका र रणवीरले इन्गेजमेन्ट गरेको र चाँडै बिहे गर्न लागेको खबर सार्वजनिक भैरहेको छ । फिल्म ‘वेफिक्रे’ को पेरिसमा छायांकन सकेर मुम्बई फर्किए लगतै रणवीर यही प्रश्नबाट घेरिए ।
मुम्बई एयरपोर्टमा दीपिकासँग बिहे गर्न लागेको हो भन्ने प्रश्नमा रणवीरले भने–‘हैन बिहान बिहान के कुरा गर्नुहुन्छ यस्तो । निन्द्रा त पुरा भएको छैन । अब म आएँ, सबै कुरा थाहा हुन्छ ।’ रणवीर र दीपिकाले केही समय अगाडि इन्गेजमेन्ट गरेको र चाँडै बिहे गर्ने खबर मिडियामा फैलिएको छ ।