धुर्मुस सुन्तलीलाई ऋचाको एक लाख सहयोग
सिन्धुपाल्चोकको गिरान्चौरमा नमुना बस्ती निर्माण गर्दै गरेका धुर्मुस र सुन्तलीलाई नायिका ऋचा शर्माले आर्थिक सहयोग गरेकी छिन् । साउन १ गते पर्ने आफ्नो जन्मदिनको अवसर पारेर ऋचाले धुर्मुस सुन्तलीको सामाजिक कार्यलाई एक लाख शुक्रबार सहयोग गरेकी हुन् ।
बानेश्वर हाइटमा रहेको धुर्मुस सुन्तली फाउण्डेशनको कार्यालयमा सुन्तली उर्फ कुञ्जना घिमिरेले ऋचाले दिएको एक लाख बराबरको चेक बुझिन् । सिन्धुपाल्चोकको गिरान्चौर तामाङ बस्ती निर्माणमा पाँच करोड बजेटको अनुमान गरिएको छ । धुर्मुस र सुन्तलीलाई देश तथा विदेशमा रहेका नेपालीले सहयोग गरिरहेका छन् ।
For More videos Log on to Mazzako TV