aryan-sigdell

अभिनय पछि नायक नार्यन सिग्देलको सृजना अर्को क्षेत्रतर्फ पनि मोडिएको छ । हिजोआज आर्यन शब्दहरुलाई जोडर कविता कोर्न थालेका छन् । कवि आर्यन सिग्देल आफ्ना सृजनालाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै आइरहेका हुन्छन् । फिल्म ‘क्लासिक’ शोका लागि हङकङ गएका आर्यनले बिहिबार मिठो कविता लेख्दै आफ्नो फेसबुकमा पोस्ट गरेका छन् । जसलाई हामीले यहाँ प्रस्तुत गरेका छौं :

दिन बित्छ आफैमा ,साँझले साथ खोज्छ,
रात कट्छ आफैमा, बिहानले साथ खोज्छ,
दिन,
हप्ता ,
महिना,
बर्ष कट्छ आफैमा
लाग्छ म खुसी छु
तर मेरो मनले सधैं मेरै साथ खोज्छ,
घडी को सुई छैन, कुनै त्यस्तो
समय चलेको अरूको लागी
न कोई आफ्नो
न कोई पराई
म मेरो मेरै लागी
म मेरो साथी

For More videos Log on to Mazzako TV