सुध्रिदैं सुरविना : भन्छिन्, ‘जस्तो पायो त्यस्तै फिल्म खेल्दिनं’
फिल्म ‘झेली’ बाट डेव्यु भएकी नायिका हुन्, सुरविना कार्की । डेव्यु फिल्मबाटै सेक्सी हिरोइनको छवि बनाएकी सुरविनाले ‘नाईके’ र ‘सुश्री’ नामक फिल्महरुमा नायक आर्यन सिग्देलको अपोजिटमा अभिनय त गरिन् तर, यी फिल्महरुबाट सुरविनालाई सफलताको स्वाद भने मिलेन ।
केही साता पहिले प्रदर्शनमा आएको फिल्म ‘लुकमारी’ बाट भने सुरविनालाई सफलताको केही स्वाद मिले जस्तो भएको छ । फिल्मले नेपालबाट लगानीको झण्डै ८० प्रतिशत उठाउने भएपछि यसका निर्माता सुरजमान सिंह भण्डारी पनि दंग छन् । सुरविनाको त झन् भुईंमै खुट्टै छैन् भन्दा पनि हुन्छ । उनकै शब्दमा भन्नु पर्दा फिल्मी करिअरमा उनले पहिलो हिट फिल्म पाएकी छिन् रे ।
यसैले सुरविना पछिल्लो समय जस्तो पायो त्यस्तै फिल्ममा अभिनय नगर्ने मनस्थितिमा पुगेकी छिन् । ‘अब त छानेर खेल्नु पर्यो नि’ एक भेटमा सुरविनाले भनिन्, ‘जस्तो पायो त्यस्तै फिल्म खेल्दिंन ।’ कस्तो फिल्म चाहिं खेल्छिन् त सुरविना ? ‘राम्रो कथा, राम्रो टिम भएको फिल्म मात्रै खेल्छु’ सुरविना भन्छिन् ।
For More videos Log on to Mazzako TV