ayushman-paramati

फिल्म ‘चपली हाईट २’ को रोमान्टिक गीति भिडियो सार्वजनिक गरिएको छ । ‘गरौं न गरौं न गल्ती गरौं न’ बोलको गीतको भिडियोमा नव नायिका परमिताराज्य लक्ष्मी राना निकै बोल्ड अवतारमा प्रस्तुत भएकी छिन् भने नव नायक आयुष्मानसँग उनको लिप लक समेत रहेको छ । उनीहरु प्रेम जोडी समेत हो । भिडियो :

निर्माता अर्जुन कुमारको संगीत रहेको गीतमा धमेन्द्र सेवन र सन्तोष लामोको स्वर रहेको छ । शब्द सुरेश राईले लेखेका हुन् । कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । दिपेन्द्र के खनालले निर्देशन गरेको फिल्म ‘चपली हाईट २’ भदौ २ गतेदेखि प्रदर्शनमा आउनेछ । फिल्ममा नायिका मरिस्का पोखरेलको पनि अभिनय छ ।

For More videos Log on to Mazzako TV