छवि ओझाले देखाए चौथो बिहेको संकेत : को बन्लिन् त धर्मपत्नी ?
छुट्टिएको पाँच वर्षपछि रेखा थापासँग कानुनी रुपमा ‘डिभोर्स’ गरेका निर्माता छविराज ओझाले पुनः अर्को बिहे गर्ने संकेत दिएका छन् । निर्माता ओझाको भनाई र उनका निकटतम् फिल्मकर्मीको बुझाइ अनुसार छवि चौधो बिहेको तयारीमा जुटेका हुन् ।
के तपाईं चौधो बिहेको तयारीमा हुनुहुन्छ ? भन्ने जिज्ञासामा निर्माता ओझा भन्छन्, ‘त्यो भोलिको कुरा हो भोलि नै थाहा हुन्छ ।’ कुनै बेला बिहे नै नगर्ने मनस्थितिमा पुगेका छविराजको यस प्रकारको भनाईले उनी पक्कै पनि अर्को बिहेको तयारीमा पुगेका अड्कल काट्न सकिन्छ । कोसँग गर्लान् त छविराजले चौधो बिहे ? के छविराज प्रोडक्सनकी पछिल्ली नायिका शिल्पा पोखरेल छविकी चौधो धर्मपत्नी बन्लिन् ? ‘अहिले केही भन्दिनं । कोसँग हुन्छ भोलि नै थाहा हुन्छ’ उनले छोटकरीमा भने ।
तर, ‘लज्जा’ फिल्म प्रदर्शनताका शिल्पाले माने ‘हामफालेर जाने’ बताएका छवि आफ्नो बचाउ गर्दै भन्छन्, ‘मलाई शिल्पा मन पर्छ तर बिहेको बारेमा अहिले सोचेको छैन् ।’ छविराजले चौधो बिहे गर्लान् या नर्गलान् तर रेखासँग पाँच वर्ष पछि कानुनी रुपमा सम्बन्ध बिच्छेद गर्नुले भने पक्कै पनि ‘केही पाक्दै’ गरेको फिल्मी बजारमा चर्चा छ ।
उसो त दशैंमा रिलिज हुने फिल्म ‘किस्मत २’ चलाउन पनि छविराजले बिहेको कुरा बाहिर ल्याएको भन्ने एकथरी फिल्मकर्मीको टिप्पणी छ ।
For More videos Log on to Mazzako TV