किन बनाइन् सृजना बस्नेतले ‘गुड लक’ ? : उनै हुन् निर्देशक
अभिनेत्री सृजना बस्नेतले फिल्म ‘गुड लक’ निर्माण गरेकी छिन् । साउन १४ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा निर्देशन र अभिनय पनि उनकै छ । आखिर किन गरिन् त सृजनाले ‘गुड लक’ को निर्माण र निर्देशन ?

मंगलबार आयोजित प्रेसमिटमा अभिनेत्री, निर्मात्री र निर्देशक बस्नेतले भनिन्, ‘यही क्षेत्रमा रहिरहन ‘गुड लक’ बनाएँ ।’ फिल्म निर्देशक बन्ने आफ्नो पहिल्यै देखिको चाहाना रहेको बताउँदै उनले मुख्य सहायक निर्देशक मुस्कान ढकाललाई धेरै धेरै धन्यवाद दिइन् । फिल्मबारे उनले भनिन्, ‘कमेडीबाट सुरु भएर सेन्टिमेन्टमा फिल्म सकिन्छ । दुई घण्टासम्म दर्शकले मनोरञ्जन लिन सक्नुहुन्छ ।’

‘गुड लक’ मा सृजना सहित नव नायक नवराज श्रेष्ठ, कलाकारहरु रविन्द्र खड्का, रश्मी भट्ट लगायतको अभिनय रहेको छ । प्रकाश पुरीको लेखन रहेको फिल्मम रामेश्वर कार्कीको छायाँकन रहेको छ भने संगीत चेतन सापकोटाले दिएका छन् । कविराज गहतराज र शंकर विसीको कोरियोग्राफी रहेको फिल्मलाई वनिश शाहले सम्पादन गरेका हुन् । ट्रेलर हेर्नुस् :








