पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको एमाओवादीले आफ्नो समर्थन फिर्ता लिएपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको छ । ९ महिनामै सरकार ढलेपछि नेपाली फिल्म क्षेत्रका व्यत्तिहरुले पनि सामाजिक सञ्जाल मार्फत आफ्नो विचार सार्वजनिक गरेका छन् ।

nischal-basnet-status

निर्देशक निश्चल बस्नेत लेख्छन्, ‘सरकार ढाल्ने र प्रधानमन्त्री को हुने भन्ने घटिया खेलमै बित्ने भो तिमिहरुको जिन्दगी । देश डुबाएरै छाड्ने भए दुःखी आत्माहरुले ।’ ‘पशुपति प्रसाद’ का निर्देशक दिपेन्द्र के.खनालले सरकार ढलेकोप्रति छोटकरीमा लेखेका छन्, ‘बरु एउटा क्यालेन्डर नै बनाउनु नि, कहिले को प्रधानमन्त्री बन्ने ?’

karishma-manandhar
यता डा.बाबुराम भट्टराईको नयाँ शक्तिकी सदस्य करिश्मा मानन्धरले भने ढलेको केपी सरकारप्रति केही पनि प्रतित्रिया दिएकी छैनन् । उनले आफ्नो प्रोफाइल पिक्चर मात्रै परिवर्तन गरेकी छिन् । समाजिक सञ्जालमा सक्रिय राजेश हमाल, रेखा थापा, केकी अधिकारी, प्रियंका कार्की, दिपकराज गिरी लगायत सेलिव्रेटीले भने ढलेको सरकार प्रति आफ्नो विचार व्यत्त गरेका छैनन्, उनीहरु मौन छन् ।

For More videos Log on to Mazzako TV