‘प्रेम गीत २’ लाई सुदर्शन थापाले निर्देशन गर्ने ! : निर्माता सेनले चाहिं यसो भने
गएको वर्ष सफल मानिएको फिल्महरु मध्येको एक फिल्म ‘प्रेम गीत’ को यो वर्ष सिक्वेल निर्माण हुँदैछ । निर्माता सन्तोष सेन ‘प्रेम गीत २’ को स्क्रिप्ट फाइनल गर्नमा व्यस्त छन् । हिरो प्रदीप खड्का बाहेक निर्देशक र नायिका पक्का भएका छैनन् । नयाँ नायिका लिने मनस्थितिमा रहेका निर्माता सेनले निर्देशनको जिम्मा चाहिं कसलाई देलान् त ?
सुन्नामा यो आएको छ कि, ‘प्रेम गीत २’ लाई ‘प्रेम गीत’ कै निर्देशक सुदर्शन थापाले निर्देशन गर्दैछन् । के यो साँच्चो हो ? निर्मात सेन भन्छन्, ‘एक चरण कुरा चाहिं भएको हो तर उहाँले नै निर्देशन गर्ने भन्ने कुरा चाहिं पक्का भएको छैन ।’ निर्माता सेनले निर्देशक थापाको विकल्पमा प्रतिभावन् नयाँ निर्देशक खोजिने बताए ।
यता निर्देशक सुदर्शन थापाले भने ‘प्रेम गीत २’ निर्देशन गर्ने या नगर्ने बारे कुरै नभएको बताए । उनले भने, ‘मेरो सन्तोष जीसँग भेट भएको हो तर फिल्म निर्देशन गर्ने या नगर्ने बारे होइन ।’ सुदर्शन यतिबेला नायिका पूजा शर्माले निर्माण गर्ने फिल्मको प्रि प्रोडक्सनमा व्यस्त छन् ।
For More videos Log on to Mazzako TV