नायक विनय श्रेष्ठले आफ्नी प्रेमिका एनी थापासँग बिहे गरेका छन् । फिल्म ‘रेशम फिलिलि’ का नायक तथा निर्माता श्रेष्ठले काठमाण्डौंको तीनकुनेस्थित एक व्याङक्वैटमा प्रेमिका थापासँग हिन्दू परम्परासँग बिहे गरेका हुन् । विनय र एनीबिच एक वर्ष अगाडी ईन्गेजमेन्ट भएको थियो ।

vinaya-anny

निर्माता तथा नायक श्रेष्ठको बिहेमा निर्देशक दिपेन्द्र के खनाल, निर्माता माधव वाग्ले लगायत उनका सर्कलका सिमित फिल्मकर्मी उपस्थित थिए । फिल्म ‘फस्ट लभ’ बाट फिल्म क्षेत्रमा नायकको रुपमा प्रवेश गरेका विनय श्रेष्ठको प्रेम एक समय नायिका ऋचा शर्मासँग थियो । विनय र ऋचाले मिलेर फिल्म ‘भिसा गर्ल’ निर्माण पनि गरेका थिए । तर फिल्मले सोचे जस्तो सफलता नपाएसँगै उनीहरुको प्रेम सम्बन्ध पनि टुट्न गयो ।

reecha-vinaya

विनयसँगको ब्रेकअपपछि ऋचाको नाम निर्देशक निश्चल बस्नेतसँग जोडिएको थियो । निश्चलले पनि गएको वर्ष मोडल स्वस्तिमा खड्कासँग बिहे गरिसकेका छन् । अब ऋचाले चाहिं कहिले गर्लिन त बिहे ? बुझिए अनुसार ऋचा पनि बिहेको तयारीमा छिन् । सिङ्गल बताउने ऋचाले कुन मितिमा कोसँग बिहे गर्लिन त ?

For More videos Log on to Mazzako TV