२०१६ को युरो कप सम्पन्न भएको छ । घरेलु मैदानमा फ्रान्स टिमले हार बेहोरेपछि उसका समर्थकहरु निराश छन् । यता एक गोलले विजयी हाँसिल गरेको पोर्चुगलका समर्थकहरु भने विजयीको उत्सव मनाइरहेका छन् । पोर्चुगलको जितसँगै थुप्रै फ्रान्सका समर्थकहरुले आफ्नो बाजी पनि हारेका छन् ।

deepakraj-giri-status
बाजी हार्ने मध्येका एक हुन्, कलाकार दिपकराज गिरी । उनले फ्रान्सको समर्थनमा २० हजार रुपैयाँ बाजी राखेका थिए । ‘रात पनि गयो बाजी पनि हारियो’ रातभरको जागारामले अनिदो भएका दिपकले आफुले समर्थन गरेको टिमले हार्दा निकै नै दुःख लागेको बताए । उसो त उनको प्रिय देश इटालीले हार्दा पनि उनी उति नै दुःखी भएका थिए । मेस्सीलाई प्रिय खेलाडी मान्ने दिपकले युरो कपमा झण्डै पचास हजार हार बेहोरेको बताए । ‘यसपाली हार धेरै भयो’ दिपकले भने ।

उनले यो संस्करणको युरो कपका सबै खेले हेरे र बाजीमा प्रायः हार बेहोरे । फाइनल खेलमा राखेको बाजी हारेपछि ‘छक्का पञ्जा’ को सम्पादनबाट समेत एक दिनलाई छुट्टी लिएका दिपकले भने, ‘के गर्नु आफ्नो बेस्ट खेल नै फुटबल हो । हारेपनि हेर्नु त पर्यो नै ।’

For More videos Log on to Mazzako TV