सञ्चारकर्मी श्याम अर्यालले निर्माण गर्ने फिल्म ‘मरिना’ को कभर सङ प्रतियोगीतमा उत्साहप्रद सहभागीता भैरहेको छ । कभर सङ प्रतियोगीता घोषणा गरिएको छोटो समयमै पचास बढीले सहभागीता जनाइसकेका छन् । भिडियो :

‘मरिना’ को ‘प्रियसी’ बोलको गीत गाउने पचासमा केही सहभागी दृष्टिविहिन समेत छन् । यस प्रकारको सहभागीताले कभर सङ प्रतियोगिता थप उत्साहप्रद भएको निर्माता अर्याल बताउँछन् । प्रतियोगितामा प्रथम हुनेले फिल्ममा स्वर भर्ने अवसर सहित पुरस्कार राशी समेत प्राप्त गर्नेछन् ।

marina-cover-song

अनुप गिरीले निर्देशन गर्ने फिल्म ‘मरिना’ मा आर्यन सिग्देल, गौरव पहारी, बर्षा राउत र प्रतिष्ठा पौडेलको अभिनय रहनेछ । रतन थापाको निर्माण र राजेश थापाको सह निर्माण रहने फिल्मको साउनको पहिलो हप्तादेखि छायाँकन सुरु हुनेछ ।

For More videos Log on to Mazzako TV