नेपाली फिल्म वृत्तमा थुप्रै प्रेम जोडीहरु छन् । केही जोडीको भर्खरै ब्रेकअप भएको छ भने केही जोडी प्रेममा रमाइरहेका छन् । प्रेममा रमाउने जोडीमध्ये नायिका निश्मा घिमिरे र कोरियोग्राफर गम्भिर विष्टको जोडी पनि एक हो ।

gamvir-bista-nishma-ghimire

तर, निश्मा र गम्भिर आफ्नो प्रेम सार्वजनिक रुपमा स्विकार गर्दैनन् । के तपाईंहरु प्रेम जोडी हो ? भनेर सोध्दा उनीहरु ठाडै अस्विकार गर्दछन् । ‘अहिलेलाई हामी गुरु र चेली मात्रै’ दुवै भन्छन्, ‘प्रेम बसेको छैन् ।’ गम्भिरको डान्स कल्चरबाट निश्माले डान्स सिकेकी हुन् ।

gamvir-bista-nishma-ghimire1

निश्मा र गम्भिरले आफ्नो प्रेमलाई सार्वजनिक रुपमा अस्विकार गरेपनि उनीहरुको परिवारले भने स्विकार गरिसकेको बताइन्छ । उनीहरुको परिवार एक अर्काको प्रेमबारे जानकार छन् । गम्भिरले लेखेको फिल्म ‘हैरान’ मा पनि निश्मा अनुबन्धित भएकी छिन्, जुन फिल्मलाई गम्भिरका भतिज अर्थात् विश्वका सबैभन्दा कान्छा निर्देशक सौगात विष्टले निर्देशन गर्दैछन् ।

For More videos Log on to Mazzako TV