फिल्म ‘वृन्दावन’ युनिटले जोरपाटीमा रहेको खगेन्द्र नवजीवन केन्द्रका अपाङगता भएका बालबालिका तथा महिलालाई भोजन गराउँदै आफ्नो फिल्मको गीत तथा प्रोमो देखाएको छ । शुक्रबार यो कार्यक्रम राखिएको थियो ।

khagendra-navajiban-kendra

फिल्मका निर्देशक राज बहादुर सानेले आफ्नो फिल्मको तर्फबाट सानो सामाजिक सेवा रहेको बताए । यस्तै निर्माता रुद्र कंडेलले पनि यसरी सामाजिक सेवामा जोडिन पाउँदा खुसी लागेको बताए । फिल्मका मुख्य पात्रहरु नायक किशोर खतिवडा र नायिका शिल्पा पोखरेल भने सहभागी भएनन् । निर्माताले व्यस्तता कारण उनीहरु सामाजिक कार्यमा सहभागी हुन नपाएको बताए ।

brindaban-team

फिल्म टिमको तर्फबाट सह निर्माता कमल जिसी, छायाँकार दिव्यराज सुवेदी अनि संगीतकार दिपक शर्मा लगायत उपस्थित थिए । बाँदरको समेत अभिनय रहेको फिल्म ‘वृन्दावन’ भदौ १७ गतेदेखि प्रदर्शनमा आउँदैछ । तस्बिर : कमल प्रसाईं

a-sweet-girl

handicap-child1

handicap-child

brindaban-team1

For More videos Log on to Mazzako TV